दाङ । जनाको दाङमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । आज विहान घोराही तुलसीपुर सडकखण्ड सर्रा नजिकै रा ५ प ५४५३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा २ झ ३६५२ नम्बरको बोलेरो आपसमा ठोकिदा मोटरसाइकल चालकसहित सवार दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र सवार २४ वर्षीय नेत्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिएका छन् ।
