काठमाडौं । कांग्रेस महासमिति बैठकमा चुनावी गठबन्धनको विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकै मत बाझिएको छ।
थापाले चुनावी गठबन्धन नगर्नका लागि पार्टी सशक्त बनाउन लाग्नुपर्ने भन्दै प्रस्ताव राखेका छन् भने महामन्त्री शर्माले भने मध्यमार्गी तवरले जानुपर्नेमा जोड दिएका छन् । आगामी निर्वाचनमा गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषय चर्किराखेका बेला महामन्त्रीद्वयका प्रस्तावमै फरक–फरक विचार आएको हो।
तर यी विषयमा भने पार्टी सभापति शेरबहादुर देउवा सहमत देखिएका छैनन् । देउवाले गठबन्धन नगर्ने हो भने अहिलेको अवस्थामा माओवादीले एमालेसँग गठबन्धन गरेर कांग्रेसलाई सरकारबाट पाखा लगाउन सक्ने आंकलन गरेका छन् । त्यस्तै पार्टीले नै गठबन्धन नगर्ने निर्णय गर्यो भने आगामी दिनहरुमा अन्य पार्टीहरुले तालमेत गरेर कांग्रेसलाई पछिपार्न सक्ने देउवाको ठम्याइ छ ।
