काठमाडौं । मिटरब्याज पीडितहरु न्याय माग्न पैदल यात्रा गरेर राजधानी पुगेका छन् । सोमवार धादिङको पिपलटार पुगेका उनीहरु आज निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आइपुग्दैछन् ।

पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । उनीहरुमा मागमा सरकारले पटक पटक वेवास्ता गर्दै आएको छ ।