काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गरेका छन् । महासमिति बैठकलाई देश र विदेशलेसमेत उत्सुकतापूर्वक हेरेको उल्लेख गर्दै सभापति देउवाले बैठकले कांग्रेसलाई थप, सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने बताए ।

उनले पार्टीमा निरन्तर क्रियाशील रही लोकतन्त्र स्थापना, पुनः स्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरणलगायतका दुःख कष्ट सहेर पार्टीलाई सुदृढ बनाउन प्रयत्नशील रहेका सबै नेता तथा कार्यकर्ताको उच्च सम्मान गरे । बैठकमा दुई हजार प्रतिनिधिहरु सहभागी छन् ।