दाङ । नेकपा माओवादी केन्द्रले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने भएको छ । माओवादी केन्द्रको विहीबार सम्पन्न विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय गरेको हो ।

विधान अधिवेशनले केन्द्रीय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुरालाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताए । अधिवेशनले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको छ।