घोराही । दाङको घोराही उपमहानगरपालिकाले मुक्त कमलरीहरुको आयआर्जनमा बृद्धि गरी उनीहरुलाई आत्मनिर्भर बनाउन २४ जना मुक्त कमलरीहरुलाई कुखुराका चल्ला वितरण गरेको छ । उनीहरुलाई जनही ३१ वटाका दरले ६ हप्ते चल्ला वितरण गरेको हो ।

उपमहानगरपालिकाको पशु सेवा शाखाले चालु आर्थिक बर्षमा विनियोजन गरेको २ लाख रुपैयाँबाट उनीहरुलाई निःशुल्क तालिमसँगै चल्ला वितरण गरेको शाखा प्रमुख श्रीधर अधिकारीले जानकारी दिए ।

चल्ला वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले यी चल्लाहरुलाई पूँजीका रुपमा पाल्न मुक्त कमलरीहरुलाई आग्रह गरे । उपप्रमुख हुमाकुमारी डिसीले कुखुरा पालनबाट राम्रो आम्दानी गर्न सकिने भन्दै व्यवसायीक रुपमा अघि बढ्न सुझाब दिइन् ।