बुटवल । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने १० जनामध्ये तीन जनाको खनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

घाइते ४० जनामध्ये ३० जनाको पहिचान खेलेको छ । घाइते हुनेहरुमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्की, बस चालक जिल्ला २ कन्चनपुर भिमदत्त नपा ४ वस्ने वर्ष ४० को पूर्णबहादुर। चन्द, कैलाली वेलडाडी न।पा– १ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ति सुनारि गापा–२ बस्ने पर्ष २३ को शुशिल कुँवर, गुल्मि मालिका गाउपालिका–७ बस्ने वर्ष २९ को अर्जुन कार्की छन् ।

त्यस्तै कन्चनपुर भिमदत्त नगरपालिका–१८ बस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर महेन्द्रनगर नगरपालिका– १८ बस्ने वर्ष ३५ को केशव हमाल, बैतडि मेनौलि नगरपालिका–१ बस्ने वर्ष २२ को राजेश दयाल, कन्चनपुर महेन्द्र नगर नगरपालिका– १ बस्ने वर्ष १८ को नितेश सुनार र गोरखा शहिद लखन गारपालिका–७ बस्ने वर्ष ३० को मनोज बिक छन् ।

यसैगरी दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला बस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१४ बस्ने वर्ष ३३ की गिता कुवर र उनका १२ वर्षीय छोरा नबिन कुँवर, ओखलढुङ्गा झारपुर गाउपालिकाका १९ वर्षीय बिसन भुजेल र कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ बस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठमाडौं माहानगरपालिका– ३ बस्ने ४१ वर्षीय अनिल तन्डुकार छन् ।

त्यस्तै कन्चनपुर भिमदत्त नगरपालिका १६ बस्ने वर्ष ५४ की नारायणी थापा र सोही नगरपालिका बस्ने २८ वर्षीय दिपेन्द्र बोहोरा, कैलाली लम्किचुवा नगरपालिका–१ बस्ने २७ वर्षीया रेखा आचार्य र कन्चनपुर भिमदत्त नगरपालिका–१८ बस्ने ४१ वर्षीया शान्ति सिङको चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कैलाली गेरुवा गाउँपालिका–४ बस्ने वर्ष ३२ को गणेश काफ्ले र उनका २७ वर्षीया श्रीमती रेखा आचार्य, छोरी ३ तीन वर्षीया श्रृष्टि काफ्ले र भारत उत्तर प्रदेश मुद्राबास बस्ने ३५ वर्षीय मोहमद रिजन, सोही स्थान बस्ने ५४ वर्षीय अनिस मनियार, धादिङ सिप्ले गाउपालिका–२ बस्ने २५ वर्षीय कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिका–१९ बस्ने २० वर्षीय सुमन बिष्ट, कन्चनपुर भिमदत्त नगरपालिका– १ बस्ने २० वर्षीय मनोज सिह धामि र सोही नगरपालिका बस्ने २० वर्षीय अशोक सिंह साथै कन्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने ३६ वर्षीय ज्ञानेन्द्र पाल छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा सडकबाट दुई सय मिटर तल खसेको थियो ।