काठमाडौं । सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएपछि वर्षेनी खुम्चदै गएको नेकपा माओवादीमा अहिले आएर पार्टीको नाम र चुनाव चिह्न फेर्ने समेतको वहस शुरु भएको छ ।
राजधानीमा शुरु भएको पार्टीको विधान सम्मेलनमा केही नेता कार्यकर्ताहरुले पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव दिएका छन् । उनीहरूले जनजिब्रोमा झुन्डिने पार्टीको नाम र सबैले थाहा पाउने खालको चुनाव चिह्न राख्नुपर्ने सुझाव दिएका हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विधान मस्यौदामाथि छलफलका लागि २० वटा समूह बनाइएका छन्। तीमध्ये १३ वटा समूहका नेताहरूले बुधबार निष्कर्ष सुनाएका थिए। यस्तै, अधिकांश नेता÷कार्यकर्ताले पार्टीभित्रका खाओवादीका कारण पार्टी र संगठन अघि बढ्न नसकेको भन्दै उनीहरूलाई तह लगाउन सांस्कृतिक रूपान्तरण अभियान चलाउनुपर्ने पनि बताएका छन् ।
दश वर्षको युद्धसँगै गाउँ तहसम्म पार्टी संरचना चुस्त भएको माओवादी विस्तारै शून्यतिर झर्ने क्रममा छ । भएका पार्टीका संरचनासमेत ध्यवस्त हुदै गएपछि माओवादीले केही महिना पार्टी रुपान्तरण अभियान समेत चलाएको थियो । तर पनि अभियानले पार्टीमा केही सुधार नआउने नेताहरुको आंकलन छ ।
