काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले आज फैसला गर्दैछ । बुधवार नै फैसला सुनाउने तयारी गरेपनि नभ्याइएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी छन्।