बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ ख००९८ नम्बरको सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।
महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसी जानकारी दिएका छन् । घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको छ । घटनामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
