जाजरकोट । जाजरकोटका भूकम्प पीडितहरुलाई फाईबरको सिरकहरु वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहलमा जाजरकोटको नलगाड नगरपालिका १ अनापानी जाजरकोटको ५० घरपरिवारलाई फाईबरको सिरक वितरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ को अनापानीका ५० भुकम्प प्रभावित परिवारलाई फाईबरको सिरक प्रदान गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिए ।
नेपाल मारवाडी युवा संगठन र नमूना एकीकृत विकास परिषद् रुपन्देहीसँगको सहकार्य एव प्रगतिशील युवा क्लब नलगाड नगरपालिका १ जाजरकोटको व्यवस्थापनमा फाईबर सिरक वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नलगाड नगरपालिका वडा नम्बर १ जाजरकोटसँगको समन्वयमा सिरक वितरण गरिएको थियो ।











