दाङ । दाङमा आज गाडीको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत पिपरीमा आज प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियोले साइकलमा यात्रा गरिरहेकी प्यूठान १ झिमरुक घरभई हाल राप्ती गाउँपालिका ८ पिपरीमा बस्ने ३५ वर्षकी राधा बस्नेतको ज्यान गएको हो ।

गाडीको ठक्करबाट घाइते भएकी बस्नेतलाई उपचारका लागि सिसहनिया स्वास्थ्य चौकीमा ल्याइएको र उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही साइकल पछाडी सवार १६ वर्षकी विपना केसीलाई भने उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।