दाङ। दाङमा गाेली हानेर एक जना महिला प्रहरीकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरी धनमाया थापाकाे हत्या भएकाे हाे ।

वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान थापाकाे गाेली उनकै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । घटना आज बिहीबार वेलुका करिब साढे ७ बजे भएकाे हाे । गाेली लागेर गम्भीर घाइले थापालाई उपचारका लागि राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घाेराहीका पुर्याइएकाे थियाे ।

गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।