दाङ । नेपाल शिक्षक संघ दाङको २५ औं प्रतिनिधि सभा घोराहीमा सम्पन्न भएको छ । संघको बिधान अनुसार माघ महिनाभित्र प्रतिनिधि सभा सम्पन्न गर्नुपर्ने ब्यवस्था अनुसार प्रतिनिधि सभा गरिएको हो ।
प्रतिनिधि सभाले दाङका दश वटै पालिकामा शिक्षकको पेशागत बिकासका लागि आइसीटि तालिम सञ्चालन गर्ने, संघका आवद्ध महिला प्रधानाध्यापकको सञ्जाल तयार गरी पेशागत दक्षता बृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै महिला शिक्षकका लागि नेतृत्व क्षमता बिकास तालिम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई लक्षित गरिर पालिकाहरुका साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष र वडा अध्यक्षसँग सम्युक्त रुपमा शैक्षिक सुधारका लागि अन्र्तक्रिया र छलफल गर्ने लगायतका निर्णय गरेको छ ।
नेपाल शिक्षक संघ दाङमा हाल १ हजार ९३९ सदस्य रहेको नेपाल शिक्षक संघले जनाएको छ । कार्यक्रममा पालिका स्तरमा उत्कृष्ट कार्य गरे वापत शिक्षक संघ स्थानीय कार्य समिति राप्ती गाउँपालिकालाई सम्मान गरिएको थियो । यसैगरी नेपाल शिक्षक संघका सदस्यहरुलाई परेको कानुनी अप्ठयारोमा कानुनी सहायता गर्नुहुने प्रजातान्त्रिक कानुन ब्यावसायि संघ दाङका घोराही र तुल्सीपुर शाखा र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।











