दाङ । बौद्ध धर्मालम्बीहरुको सांस्कृतिक पर्व सोनाम ल्होसार (नयाँ वर्ष) २८६० शुरु भएको छ । हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धर्मालम्बीहरुले समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउँछन् ।

राष्ट्रिय सोनाम ल्होसार २८६० डुक (मुपुख्री) ल्होसार मूल समारोह समितिले सार्वजनिक रूपमा बिहीबार, शुक्रबार र शनिबार तीनदिने सांस्कृतिक गतिविधिसहित मनाउने निर्णय गरेको छ ।

सो अवसरमा आयोजित तीनदिने कार्यक्रम अन्तर्गत धर्मालम्बीहरुको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) भाकाको प्रस्तुति रहनेछ ।