तुलसीपुर । “स्थानीय वस्तु प्रर्वदन, समृद्ध नेपाल निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ तुलसीपुर महोत्सव २०८० भोलिदेखि शुरु हुदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था तुलसीपुर उद्योग वणिज्य संघले जनाएको छ ।
महोत्सवको तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले महोत्सवको तयारी पूरा भएको बताए । उनले बिरबहादुर रावत बिरुको कार्यकालमा मेला महोत्सव सञ्चालन गरिएको भएपनि मेला महोत्सव कार्यबिधि नहुँदा त्यसपछिका दिनमा सञ्चलान गर्न नसकिएको बताए ।
ब्यबसायिक मेला उद्योग ब्यबसायीको छाता संगठन र घरेलु तथा साना उद्योगले मात्र सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिकाले कार्यबिधि बनाएका कारण अव ब्यबस्थीत र सजिलो गरि मेला महोत्सव सञ्चालन हुने बताए । खर्च कटाई ५० लाख बढी बचत गर्ने तुलसीपुर महोत्सव २०८० माघ २४ देखि फागुण ८ गते सम्म सञ्चालन हुने मंगलबार आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गएको छ ।
स्थानीय जातिहरुको फुड फेस्टिवल,स्थानीय उत्पादनको प्रर्दशनी,औद्योगिक ब्यापार, हस्तकला,अटो मोवाईल्स, सूचना प्रबिधिहरुको प्रर्दशन र राष्ट्रिय लोक दोहोरी तथा लोक नृत्य प्रतियोगीता समेत हुने मुल आयोजक समितिका संयोजक एवम तुलसीपर उद्योग बाणिज्य संघका अध्यक्ष चालिसेले बताए ।
माघ २४ गतेदेखि संचालन भएको महोत्सवको पहिलो दिन उद्घाटनका अबसरमा कुनै पनि शुल्क लाग्ने छैन भने २५ गतेदेखि शुल्क निर्धारण गरिएको छ । बिद्यार्थीहरुका लागि ८० रुपैया र अन्यलाई प्रति ब्यक्ति एक सय रुपैया टिकट शुल्क तोकिएको छ । तर बृद्धबृद्धा जेष्ठ नागरिक,अपाङगता र पत्रकारलाई परिचय पत्र देखाएमा निशुल्क प्रबेशको ब्यबस्था गरिएको मुल आयोजक समितिले जनाएको छ ।
