दाङ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन आगामी फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गरेका हुन ।
आगमी फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरी प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताए ।











