काठमाडौँ । न्याय माग्दै सिंहदरबारको गेटमा पुगेकी निर्मला साह (मृतक आरती साहकी आमा) र भाइ प्रेम साहलाई प्रहरीले पक्राउ गरेको छ ।

छोरी आरतीको हत्या भएको र दोषीहरू उम्काउने काम भएको भन्दै निर्मला सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेकी थिइन् । प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाउदै प्रहरीले भ्यानमा राखेर लगेको थियो ।

जनकपुर उपमहानगरपालिका ९ थापा चोककी २३ वर्षीया आरतीको जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । आरतीको मृत्यु प्रकरणमा प्रहरीको कमजोरीका कारण आफूहरुले न्याय नपाएको भन्दै आरतीका आमाबुवासहित परिवार २३५ दिनदेखि धर्नामा छन् ।