दाङ । जाजरकोटका भूकम्प पीडितहरुलाई फाइबरको सिरकहरु वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहलमा जाजरकोटको नलगाड नगरपालिका १ अनापानीका भूकम्प पीीडत २०० घरपरिवारलाई फाइबरको सिरक वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत जाजरकोटको नलगाड नगरपालिका १ को अनापानीका २०० भूकम्प प्रभावित परिवारलाई सिरक प्रदान गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् ।

नेपाल मारवाडी युवा संगठन र नमूना एकीकृत विकास परिषद् रुपन्देहीसँगको सहकार्य एव. प्रगतिशील युवा क्लब नलगाड नगरपालिका १ जाजरकोटको व्यवस्थापनमा सिरक वितरण गरिएको उनले बताइन् । नलगाड नगरपालिका१ जाजरकोटसँगको समन्वयमा सिरक वितरण गरिएको थियो ।

सो अवसरमा नलगाड नगरपालिका १ का वडाअध्यक्ष धनबहादुर महर, नेपाल मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल, नमूना एकीकृत विकास परिषद् रुपन्देहीका कार्यक्रम अधिकृत राजेश जि.सी, प्रशासकीय अधिकृत मोहनन कार्की, सामुदायिक सुरक्षा जालोका कार्यक्रम संयोजक सुजन पौडेल, प्रगतिशील युवा क्लब जाजरकोटका अध्यक्ष दिपेन्द् चनारा लगायतको उपस्थिति रहेको थियो ।

गएको कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर आएको भूकम्पले जाजरकोट, रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको थियो ।