दाङ । तुलसीपुरमा एक छात्रालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का एक किशोर रहेका छन् ।

उनीहरुले शनिबार बेलुकी घरबाट होस्टेल जान लागेकी स्थानीय एक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रालाई नर्सरीमा लिएर बलात्कार गरेको प्रहरीले नाएको छ ।

सुरूमा एक जना किशोरले ललाइफकाइ ती किशोरीलाई तुलसीपुर – ११ गैरागाँउस्थित नर्सरीमा पुर्‍याएको र त्यही दुबैले सामूहिक बलात्कार गरेको भन्ने पीडितको जाहेरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ परेका किशोर चौधरीले ती किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता नवचन्द्र मल्लले बताए ।