दाङ । दाङको तुलसीपुरमा एक जना महिलाको जलेर ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ८ कटकुइयामा खाना पकाउने क्रममा आगोमा जलेर ४५ वर्षीय लक्ष्मी चौधरीको ज्यान गएको हो ।

हिजो बेलुकी ७ बजे घरमा कोही नभएका बेला खाना पकाउने क्रममा जलेर ज्यान गएको मृतकका छोरा सागर चौधरीले बताए । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।