बाँके । बाँके सब–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा नियन्त्रणमा लिइएको हो ।

घुससहित उनीसँग श्रोत नखुलेको ४५ हजार नौ सय ७५ रुपैयाँ समेत गरी जम्मा ५२ हजार नौ सय ७५ रुपैयाँसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।