धनगढी । आज सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
अन्यतर्फ कांग्रेसका बलदेव बोहरा चार हजार ३२८ मतभार पाएर विजयी भए । महिलातर्फ माओवादी केन्द्रका रेणु चन्द चार हजार ४५३ मतभार प्राप्त गरी विजयी भइन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट चार हजार ४१९ मतभार पाएर विजयी भएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित भएका छन् ।











