सुर्खेत । १९ सिटका लागि आज सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजय भएका छन् ।
गठबन्धन दलबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र माओवादी केन्द्रका विष्णु विक विजयी भएका हुन् ।
रोकायले तीन हजार ८७० मतभार प्राप्त गरेका छन् । महिलातर्फ विजयी भएकी मल्लले तीन हजार ७१९ मतभार प्राप्त गरिन् । दलिततर्फ विजय भएका विष्णु विकले तीन हजार ८१७ मतभार प्राप्त गरेका छन् ।
