दाङ । १९ सिटका लागि आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुदेवी सापकोटा विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार भएका माओवादीका सुवेदी र कांग्रेसका विष्णुदेवी सापकोटा विजयी भएका हुन् । सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गरे भने सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भएका छन् । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो











