विराटनगर । आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार भएका सिटौलाले एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् । सिटौलाले ५ हजार २९२ मतभार प्राप्त गरेर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मतभार प्राप्त गरे ।

यस्तै कोशीबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरिन् ।