काठमाडौं । टस जितेर व्याटिङमा उत्रिएको नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। दक्षिण अफ्रिकामा जारी यु १९ विश्वकपमा नेपालले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १९७ रन बनायो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारी २०, गुल्शन झाले १८, दीपक कँडेलले १३ रन बनाए। त्यस्तै अर्जुन कुमालले ६, आकाश त्रिपाठीले ६, उत्तम मगरले ४ रन बनाए।