सल्यान । सल्यानको दार्मा गाउँपालिकामा भूकम्पबाट क्षति भएका ९५२ घर परिवारको अस्थायी टहरा निर्माण भएका छन् । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुकम्पले दार्मामा मात्रै एक हजार १७९ घरमा क्षति पुगेको थियो ।
विभिन्न संघ संस्था, राजनितीक दल तथा पिडित परिवार आफैले हाल सम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ । सम्बन्धीत घरपरिवार आफैले ६६६ अस्थायी टहरा निर्माण गरेका छन् ।
यस्तै नेकपामा ओवादी केन्द्रले २६२ र नेकपाले १७ वटा टहरा बनाई दिएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । नेपाली सेनाले ४ वटा र एकीकृत समाजवादीले ३ वटा टहरा निर्माण गरेको छ । हाल सम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको गाउँपालिकाले जनाएको छ । भुकम्पका कारण जिल्ला भरी एक हजार ७ सय बढी घर पूर्ण रुपमा क्षति भएका थिए ।
