काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । यो अवधि शुरु भएसँगै सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्।

यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ।

राष्ट्रियसभाको रिक्त १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ। निर्वाचनमा प्रतिपक्ष दल नेकपा एमाले एक्लै र सक्ता गठबन्धन दलहरु सयुक्त रुपमा चुनावमा प्रतिस्पर्दा गर्दैछन् ।