काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन् । उपकुलपतिमा नियुक्तिका लागि पूर्वपदाधिकारीदखि नयाँ व्यक्तित्वले आकाङ्क्षा देखाउदै सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन् ।

उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिएका छन् ।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिरहेका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल, सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्राडा टङ्कनाथ धमला, प्राडा आनन्दवल्लभ जोशी, प्राडा अक्कलजेव मिश्र, प्राडा ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्राडा ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा, डा. शुभनारायण पाठक, प्राडा महानन्द चालिसे, सूर्यबहादुर थापा, प्राडा भोजराज अर्याललले दरखास्त दिएका छन् ।

त्यस्तै भीमसेन देवकोटा, प्राडा वेदनाथ शर्मा, प्राडा नारायणप्रसाद बेल्बासे, प्राडा हेमराज शर्मा, प्राडा प्रकाश घिमिरे (काठमाडौँ), प्राडा प्रकाश घिमिरे (गोरखा), डा। रामचन्द्र बस्नेत, प्राडा केदारनाथ घिमिरे, प्राडा महेन्द्रप्रसाद शर्मा, प्राडा विनोद पराजुली, प्राडा देवबहादुर खड्का, प्राडा कृष्णराज तिवारी, प्राडा गोविन्द सुवेदी, प्राडा नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्राडा रामप्रसाद रेग्मी, प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा त्रिरत्न बज्राचार्य, प्राडा एकराज ओझा र प्राडा प्रमोदकुमार झाको आवेदन दिएका छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो ।