काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् ।
यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् ।
