घोराही। अखिल (क्रान्तिकारी) दाङ जिल्लाको कार्यालय उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १४ लखनपार्क चोकमा रहेको माओवादी नगर पार्टी कार्यलय भवन भएको घरमा संगठनको जिल्ला कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापनाले संगठनका संस्थागत काममा सहयोग पुग्ने जिल्ला अध्यक्ष गिरबहादुर महराले बताए । कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र दाङका जिल्ला संयोजक सुवास पुनले अबको राजनीति युवा विद्यार्थीहरूको काँधमा आएको बताए । उनले विद्यार्थीहरू पार्टीको सम्पत्ति भएको उल्लेख गरे । पुनले मुलुकको शैक्षिक आन्दोलनको अग्रणी संगठन अखिल क्रान्तिकारी नै भएको बताउए ।

संगठनका अध्यक्ष गिरबहादुर महराको अध्यक्षता एवम् पार्टी जिल्ला संयोजक सुवास पुनको प्रमुख आतिथ्यता, पार्टी प्रदेश कमिटी सदस्य अजयदीप शर्मा र जिल्ला सचिव बिश्वराज आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।