बाँके । तराइँका धेरैजसो स्थानमा केही दिनदेखि शीतलहर चलेको छ । बाक्लो हुस्सुका कारण दिनभरी जसो घाम लाग्दैनन् । शीतलहरसँगै चिसो वढ्पछि त्यहाँको जनजीवन प्रभावित भएको छ । चिसोका कारण मानिसलाई घरवाहिर निस्कन गाह्रो भएको छ भने मजदुरी गरेर खानेहरुलाई झन समस्या भएको छ ।
तराइँका धेरैजसो क्षेत्रमा विहानदेखि लामो समयसम्म बाक्लो हुस्सु लाग्ने गरेका छ । शीतलहरका कारण स्कूले बालकालिकाहरु विद्यालय जान समस्या भएको त्यहाँका अभिभावकले बताएका छन् । चिसोका कारण बढी बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् । तर जल तथा मौसम विज्ञान विभागले भने अझै शीतलहरको घोषणा गरेको छैन ।
यसैबीच बाँकेमा पछिल्ला केही दिनदेखि शीतलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ । चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले दाउराको माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयअन्तर्गतको जिल्ला वन पैदावार आपूर्ति समिति बाँकेले विभिन्न स्थानीय तह ९पालिका०, वडा कार्यालयहरू तथा संघसंस्थाहरुले दाउराको माग गरेपनि हाललाई स्थानीय तह ९पालिका० लाई प्राथमिकतामा राखेर केही स्थानीय तहहरूलाई सहुलियत दरमा दाउरा उपलब्ध गराइएको जनाएको छ ।
चिसो बढेपछि हालसम्म २१ चट्टा दाउरा उपलब्ध गराइएको आपूर्ति समितिले जनाएको छ । समितिका अनुसार हालसम्म नेपालगन्ज उपमहानगरपालिकालाई १२ चट्टा, कोहलपुर नगरपालिकालाई ३ चट्टा, जानकी गाउँपालिकालाई २ चट्टा, कारागार कार्यालयलाई २ चट्टा र बागेश्वरी मन्दिरलाई २ चट्टा दाउरा सरकारी दररेट (सहुलियत)मा उपलब्ध गराइएको छ ।
सहुलियत दररेटमा उपलब्ध भएका दाउराहरू स्थानीय पालिकाले भिडभाड तथा बढी आवतजावत हुने सार्वजनिक स्थानहरूमा सामूहिक रूपले आगो ताप्नका लागि व्यवस्थापन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
