मेष

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने साथै सामाजिक मान सम्मानमा थप वृद्धि आउने ।

वृष

विश्वासपात्रबाटै घातप्रतिघात हुनसक्ने तथा नसकेको ठाउँमा अनावश्यक धननाश हुने ।

मिथुन

प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै अनायासै अर्थ, जमिन वा उपहार लाभको सम्भावना ।

कर्कट

स्वास्थ्यले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

सिंह

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने साथै आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ने ।

कन्या

वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर हुने साथै कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्ने ।

तुला

प्रारम्भ भएका कार्यले उचित गति तथा मार्ग लिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।

वृश्चिक

प्रतिस्पर्धामा उत्कट प्रदर्शन गर्न सफल भइने साथै आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउने ।

धनु

कुनै अशुभ समाचार सुन्नुपर्ने साथै यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्ने ।

मकर

स्वास्थ्य स्थिति प्रतिकूल तथा इच्छित खानाको उपभोगमा बाधा अवरोध हुने ।

कुम्भ

मनमा प्रसन्नताको बहार छाउने साथै आरोग्यतामा थप वृद्धि आउने ।

मीन

आर्थिक अवस्थामा असन्तुलनता देखापर्ने साथै मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ने ।