दाङ । तराइँका केही जिल्लाहरुमा शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुका कारण दिउँसोसम्म पनि घाम नलाग्दा यहाँका मानिसहरुलाई दैनिक कामकाज गर्न अठिन भएको छ ।
शितलहरका कारण घरबाट वाहिर निस्कना पनि मुस्किल भएको स्थानीयहरु बताउछन् । शतिलहरका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्।
चिसोकै कारण तराइ मधेसका कतिपय विद्यालयमा बिदा दिइएको छ । तराईसँगै देशका अरु ठाउँमा पनि चिसो बढेको छ । आज पनि उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ।
