काठमाडौं । पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला सुनाएपछि जेल जाने भएका हुन् । विशेष अदालतले शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने फैसला भएको छ।
क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला शाहले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दाका चार आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको हो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०७६ फागुनमा उनीहरुमाथि मुद्दा दायर गरेको थियो ।











