रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड माघ ६ गते देखि सञ्चालन गरिने भएको छ । पुथाउत्तरगङ्गा–१० गाउँपालिकाको केन्द्र समेत रहेको महेन्द्र माध्यमिक विद्यालय तकमा पुथाउत्तरगङ्गा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिने भएको हो ।

यस गाउँपालिकामा ८ वटा मावि रहेका छन् । आठ वटै माविलाई शिल्ड सञ्चालनबारे पत्रचार समेत गरी शिल्ड सञ्चालन तयारीमा लागिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले इरुकुमलाई बताउनुभयो । शिल्डमा छात्रछात्रा भलिबल, एथ्लेटिक्स, डौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले इरुकुमलाई जानकारी दिएको छ ।