दाङ ,१२ साउन । आज बिहान राप्ती नदिमा भेटिएका शब पहिले नै पोष्टमार्टम भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभयो । आज बिहान देउखुरीको राप्ती नदी किनारमा भेटिएका चार वटा शब पहिलेनै पोष्टमार्टम गरेर गाडेको अबस्थामा खोलाले बगाएर ल्याएको उहाँले बताउनुभयो ।
चिकित्सकलाई देखाउँदा शवहरु अस्पतालमा पोष्टमार्टम गरिएको प्रमाणित भएपछि ती शबलाई फेरी गाडीएको प्रहरीले बताएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीका डा. ईश्वरी खनालले शवहरु धेरै समयअघि पोष्टमार्टम भइ सडेको अबस्थामा रहेको बताउनुभएको छ । बेला–८ कौवा कोररमा अन्दाजी ७५ वर्षको पुरुष, बेला–६ खरदरियामा ४५ बर्षको महिला, सतबरिया–५ असनीयामा ५५ बर्षको पुरुष र सतबरिया–५ बगरापुरमा २२ बर्षको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।।