दाङ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

दाङ निवासी एमाले नेता केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका नेता तथा कार्यकर्ताहरुको साथमा घोराही उपमहानगरपालिका १५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसी र घर्तीले उम्मेदवारी दर्ता गराए ।

केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहेका छन् भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुँदैछ ।