काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि हुन लागेको निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त हुन लागेको १९ सिटका लागि हुन लागेको निर्वाचनमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।

प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछन्। निर्वाचनमा सत्ता गठबन्धनका दलहरु मिलेर चुनावमा जाँदैछन् भने प्रमुख प्रतिपक्ष दल नकपा एमाले एक्लै चुनाव लड्दैछ ।