काठमाडौं । पछिल्लो एक महिना नवित्दै प्रहरीको गोली लागि तीनजना नागरिकको ज्यान गएको छ । पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागि अछामका विरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गयो । रोजगारीका लागि कोरिया जान पाउँ भन्दै सडकमा आएका विद्यार्थीमाथि बर्बर दमन गरी शाह र रावतको ज्यान गयो । प्रहरीको गोली लागी ती विद्यार्थीको ज्यान गएपछि सरकारले घटना छानविन गर्ने भन्दै उच्चस्तरीय छानविन समिति बनायो ।
स्वदेशमा रोजगारको केही सम्भावना नभएपछि विदेश गएर भएपनि रोजिरोटी गर्नुपर्छ भन्दै हिडेका ती युवाको ज्यान गएपछि क्षतिपूर्ति भन्दै मृतकका परिवारलाई दश/दश लाख रुपैयाँ दिने घोषणा समेत ग¥यो । क्षतिपूर्ति दिने र घटनाको छानविन गर्ने भन्दै पीडित पक्षलाई थामथुम बनाएको केही दिन नवित्दै फेरि सर्लाहीमा अर्का युवाको गोली लागेर ज्यान गयो ।
अस्पताल स्थापना विवादमा आन्दोलन गरिरहेका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउदा सर्लाही बरहथवा– ६ का २८ वर्षिया जयशंकर साहको ज्यान गएको थियो । उनको शब अझै घटनास्थलमै छ । सरकारले यो घटनाको छानविनका लागि पनि छानविन समिति बनाएको छ । मृतकका परिवारलाई दश लाख रुपैयाँ दिने घोषणा गरेको छ । त्यहाँ थप घटना हुन नदिने भन्दै कफूर्य समेत जारी गरेको छ । सरकार (राज्य) नागरिकको अभिभाव हो । नागरिकहरु कहिँकतै उत्त्यजित भए राज्यले सम्यम्ता अपनाउनुपर्छ । तर यसरी गोली हानी नागरिकको हत्या गर्ने अनि क्षतिपूर्ति भन्दै दश/दश लाख घोषणा गर्ने कार्य कहिलेसम्म दोहोरिरहन्छ सरकार ?











