जाजरकोट । चिसोका कारण जाजरकोट एक जना भूकम्प पीडितको ज्यान गएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण ज्यान गएको हो ।

त्रिपालमुनिको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएपछि प्रदेश अस्पतालमा नै मृत्यु भएको छोरा रूपलाल विकले जानकारी दिए ।

योसँगै भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जना पुगेको छ । यसरी चिसोका कारण ज्यान गुमाइरहदा सरकार भने मुखदर्शक छ । सत्तासिन दलहरु अहिले कुर्सीको खलमा वेस्त छन् ।