काठमाडौँ । कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री यस वर्षको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाएकी रुविनाले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाएकी छन् ।
नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान समेत रहेकी रुबिनाले यस प्रतियोगितामा अलराउन्डर खेल प्रदर्शन गरिन् । उनले १० खेलमा तीन अर्धशतकसहित कुल तीन सय ४५ रन बनाउनुका साथै ११ विकेट पनि लिएकी थिइन् ।
यस्तै उदीयमान खेलाडी ज्योत्स्निका मरासिनी, उत्कृष्ट ब्याटर सुमन खतिवडा र उत्कृष्ट बलर पूजा महतो चुनिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि जितेको छ ।
