रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–६, फारुला गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
गत कात्तिक १७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका तीन घर एक कार्यक्रमका बिच नगरप्रमुख पुष्प बादीले पीडित परिवारलाई हस्तान्तरण गरे । स्थानीय कालीबहादुर कामी, कमल विक र शशिराम बोहराको परिवारलाई नगर प्रमुख बादीले घरको चाबी हस्तान्तरणसँगै न्यानो कपडासमेत उपलब्ध गराहुन् ।
सो अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख बादीले पूर्वनगर प्रमुख विशाल शर्माको नेतृत्वमा पार्टीले नमुना घर निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए । भूकम्पका कारण त्यहाँका अधिकांश घरहरु बस्न नबन्ने गरी चर्किएका छन् ।
