काठमाडौँ । । दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।
सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिए । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ ।
