दाङ । घोराहीमा यही पुस ७ गतेखि प्याव्सन रनिङ् शिल्ड २०८० हुने भएको छ । प्याव्सन घोराही नगर कमिटीले पुस ७ गतेदेखि ९ गतेसम्म ‘प्याव्सन रनिङ् शिल्ड २०८०’ को आयोजना गर्न लागेको हो । प्याव्सन घोराही नगर कमिटीले आज बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी तीन दिनसम्म चल्ने शिल्डको तयारी भइरहेको जानकारी दिएको छ ।
कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई खेलमा लाग्न लाग्न अभिप्रेरित गर्ने, सिक्ने र खेल्न असक्षम भएको विद्यार्थीहरुलाई उनीहरुको खेल खेल्ने सिपलाई सफल बनाउन र उच्च तहको लागि तयार पार्नेसिपको विकास गर्न सक्षम बनाउने उद्देश्यका साथ आयोजना गरिएको ‘प्याव्सन रनिङ् शिल्ड २०८०’ घोराहीको भरतपुर खेल मैदानमा हुने प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्दले बताए ।
शिल्डका लागि खेलमा सहभागी हुनेहरुको दर्ता गर्ने काम भइरहेको र अहिलेसम्म ४८ विद्यालयले खेलमा भाग लिनका लागि आफ्नो नाम दर्ता गराएको अध्यक्ष चन्दले जानकारी दिए । पुस ७ गते खेलको उद्घाटन हुने र ८ र ९ गते खेलसँगै ‘प्याव्सन रनिङ् शिल्ड २०८०’ को समापन गरिनेछ । शिल्डमा घोराही प्याव्सनमा आवद्ध निजी विद्यालयहरुले भाग लिनेछन् ।
गतवर्षदेखि शुरु गरिएको ‘प्याव्सन रनिङ् शिल्ड’ मा यसवर्ष पनि उत्साजनक सहभागीता हुने बताइएको छ । ‘प्याव्सन रनिङ् शिल्डको उद्घाटन अघि पुस ७ गते घोराहीका विभिन्न स्थानबाट ¥यालीको आयोजना गरिएको र सो ¥यालीले मार्चपास गर्दै भरतपुर खेलमैदानमा प्रवेश गर्ने अध्यक्ष चन्दले बताए । खेलमा विजयीहरुलाई गोल्ड र सिल्भर मेडल प्रदान गरिनेछ । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र सल्लाहकार सविन प्रियासनले खेलको शुभकामना दिएका थिए ।
‘प्याव्सन रनिङ् शिल्ड २०८०’ मा यसप्रकार खेलहरु आयोजना गरिएको छ ।












