दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । आज पुस ४ गते महासंघले घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।
आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्र राज्य र संसदको प्राथमिकतामा नपरेकाले यो क्षेत्रले संघीयताको अनुभूति गर्न नपाएको बताए । उनले पत्रकार महासंघ नागकिरको आवाजलाई बुलन्ध गर्ने र सबै अट्ने फराकिलो साझा संस्था भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोख्रेलले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको भन्दै यस्ता चुनौतीहरु पार गर्नका लागि महासंघले सुद्धिकरण अभियान शुरु गरेको बताए । यो अभियान पत्रकार र पत्रकारितालाई नैतिक धरातलमा बसाल्ने एउटा महत्वपूर्ण अभियान समेत भएको अध्यक्ष पोख्रेलको भनाइ थियो । मुलुकको विकाससँगै मिडियामा बढ्दै गएको संकट र पत्रकारलाई कसरी बचाउने भन्ने मुख्य चुनौती रहेको उनले बताए । मिडियालाई बलियो बनाउन र पत्रकारहरु आफ्नो पत्रकारिताकर्ममा टिकिरहना पेसागत पत्रकारको दक्षता, ज्ञान र सिपको विकास गर्न आवश्यक रहेको अध्यक्ष पोख्रेललको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले पत्रकार महासघ पत्रकारको हकहितका लागि सबै इमानदारिताका आफ्नो उदेश्यमा अघि बढिरहेको बताए । पत्रकारिता क्षेत्रमा केही व्यक्तिका कारण क्षेत्र विकृत भएपनि पत्रकारिता क्षेत्र विकृत नभएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासघ दाङ शाखाका पूर्वअध्यक्ष एव सलल्लाहकार सुदीप गौतम, महासघका पूर्वकेन्द्रिय सदस्य मधुसूदन बैध्य, अजयदीप शर्मा, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, राष्ट्रिय जनमोर्चाका घोराही नगर अध्यक्ष मनिराम खनाल, राष्टिय जनमुक्ति पाटीका केन्द्रिय सहसंयोजक ठाकुर रोका, नेपाल पत्रकार महासघ दाङ शाखाका सस्थापक टिकाराम रेग्मी, नेपाल प्रेस युनियनकी केन्द्रिय उपमहासचिव सुलोचना गौतम, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, निमित्त प्रमुख जिल्ला अधिकारी साबित्रा थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी, माओवादी केन्द्र दाङका सचिव बिश्वराज आचार्य, घोराही उपमहानगरपालिकाका प्रबक्ता राममणि पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासघ दाङ शाखा सल्लाहकार सविन प्रियासन, पुरस्कार स्थापनाकर्ता माया लोहनीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा स्व. पत्रकार खगराज लोहनीको सम्झनामा उनका छोरी माया लोहनीलगायतका छोरीहरुले ३ लाख राशीको अक्षकोष स्थापना गरे । अक्षकोषको बार्षिक ब्याजबाट प्रत्येक वर्ष सक्रिय महिला पत्रकारलाई पुरस्कृत गरिनेछ । त्यसैगरी अग्रज पत्रकार टिकाराम रेग्मीले आफूले स्थापना गरेको अक्षकोषमा ५० हजार रुपैया थप गरेका थिए ।
नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासघको नियमित बैंठकमा सबैभन्दा धेरै उपस्थिति हुने कार्यसमिति सदस्यहरु उदय बीसी, विवेक खड्का, कुलदीप न्यौपाने र महिलातर्फ यमकला भुषाललाई सम्मान गरिएको थियोे । साथै कार्यक्रममा दिवसको अवसरमा रक्तदान गर्नेहरु, सो अवसरमा आयोजित विभिन्न खेलकुदका विजयीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
महासघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्का उपाध्यक्ष सन्तोष सुवेदीले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भनेसहजीकरण सहसचिव दशरथ घिमिरेले गरेका थिए ।
