घोराही : ” खेल जीवनको अभिन्न अङ्ग हो ” भन्ने मूल नाराका साथ घोराही नगर प्याब्सनले दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै घोराही नगर प्याब्सनले घोराही नगर प्याब्सन रनिङ सिल्ड २०८० आगामी पुस ७, ८ र ९ गते हुने बताएको छ । रनिङ सिल्डमा कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराउने उद्देश्यका साथ खेलकुदका विधा समेटिएको अध्यक्ष बीरेन्द्र चन्दले जानकारी दिएका छन् ।
संस्थागत विद्यालयहरूको छाता संगठन प्याप्सन शैक्षिक क्षेत्रको गुणात्मक सुधार शिक्षामा सीप विद्यार्थीमा संस्कार र समय अनुसारको प्रविधि जोड दिँदै आफ्ना सदस्य विद्यालयहरुलाई सो अनुरुपको अगाडि बढाउन अहोरात्र खटी विभिन्न कार्यक्रम गर्दै आइरहेको उहाँले जानकारी दिनुभएको छ।
प्रतियोगिताका बिजेताहरुलाई शिल्ड,ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि बुधबारसम्म घोराही क्षेत्रमा रहेका ४८ बढी विद्यालयहरुले टिम दर्ता गराईसकेको पत्रकार सम्मेलनमा जानकारी गराइरहेको थियो ।
अहिले घोराहीमा निजी तथा आवासीय विद्यालयहरूको सङ्ख्या ६३ रहेको छ। गत वर्ष भएको पहिलो घोराही नगर प्याब्सन रनिङ सिल्डमा ३६ वटा विद्यालयको सहभागिता भएको थियो। गत वर्षको तुलनामा यो वर्ष विद्यालयहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी स्वरुप विद्यार्थीको पढाईसँगै खेलका माध्यमबाट समयको महत्व, अनुशासन,समुह कार्य,शारिरीक तन्दुरुष्टिमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
घोराही उपमहानगरपालिका–१५ भरतपुर खेल मैदानमा तीन दिनसम्म रनिङसिल्ड चल्नेछ
