रुकुम । सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्च समेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो ।

शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रुकुम पश्चिमको आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ भने सयौँ घरमा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्र आठविसकोट, सानीभेरी, चौरजहारी, त्रिवेणी लगायतका स्थानीय तहमा पीडित र प्रभावितहरू राहतको परखाईमा रहेका छन् ।

यसैबिच जिल्लाको आठविसकोटमा राहत वितरणसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन सुरु गरिएको छ । सोमबार बेलुकाबाट मृतक परिवार र पीडितहरूको घरमा पुगेर राहत उपलब्ध गराउन थालिएको हो । नगर प्रमुख रबी केसीले सबैभन्दा बढी प्रभावित बनेको वडा नम्बर १४ मा पुगेर आफ्नो नेतृत्वको टोलीले किरिया खर्च र राहत वितरण सुरु गरेको बताए ।