रुकुम पश्चिम । गएको मध्यराति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको ज्यान गएको छ ।
नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।











